Logo

कृषिमा लगानी ल्याउन सरकार क्रियाशील : मन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन्। मन्त्री विष्टले कृषिजन्य वस्तुको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको बताए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उत्तरदायी व्यवसाय संचालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दाबी गरे। मन्त्री विष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए। कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu