Logo

नेपाली फुटबलर रोहित चन्द इण्डोनेशिया लिगको उत्कृष्ठ खेलाडीको मनोनयनमा

प्रियालक्ष्मी कार्की,

काठमाडौं, २० मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षापंक्तिका भरपर्दो खेलाडी रोहित चन्द इण्डोनेशिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा चन्द परेका हुन् । लिगको ३० खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरेका छन् । रोहितको उत्कृष्ट प्रदर्शनका कारण नै पर्सिजा हाल अंक तालिकाको शीर्ष स्थानमा छ । पर्सिजाले लिगको अन्तिम खेल जितेको अवस्थामा लिग उपाधि जित्नेछ । रोहितले पर्सिजाको मिडफिल्ड सम्हाल्दै ८ सय ५० पास

खेले ।

जसमध्ये ६ सय ६८ पास सफल भएको थियो । २६ वर्षीय रोहित नेपालका चर्चित क्लव मछिन्द्र फुटबल क्लव, मनाङ मर्स्यङ्दी क्लवबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu