Logo

प्रतिभाकी प्रतिमुर्ति ” झमक ” र मेरो यात्रा

प्रतिभाकी प्रतिमुर्ति ” झमक ” र मेरो यात्रा

– रुखबाट झरेको पतझर झै हराउन चाहन्थे । चौतारिको वरपिपल झै झ्याङ्गिन नचाएको कहाँ हो र ? हावाका लहरहरु संगै रुखबाट भुर्‍र उडेको चराजस्तै उड्न चाहन्थे । पुर्णिमाको चादनीलेझै सवैलाइ रोशनी दिन चाहन्थे । यी शब्दरुले मेरो मात्र कहाँ हो र प्रायजसो सवैको मन खोतलिरहेको हुन्छ ।

हो यस्तै यादहरुले मेरा पुराना यादहरु खोसिदिएको थियो । म एक पखेटा काटिएको पंक्षि झै अचेत अवस्थामा थिए । काटिएर हावामा मडारिएको चङ्गा जस्तै अनियन्त्रित र अनिस्चित गन्तव्य मा लडखडाउदै थिए । कतिपय दिनहरु भयानक अध्यारो रात बनिदिए त कतिपय रातहरु यत्तिकै आँखा को बेवास्ता गरि छर्लङ्ग भैदिए । आट दरिलो हुदाहुँदै पनि मन एक्कासी कमजोर भैदियो । चोट , विछोड , दु:ख र आँसुहरुले जसरी जिन्दगीलाई पारदर्शी बनाइ दिएको हुन्छ त्यसरी नै जिवनबाट बनेका तिनै खिलहरुलाइ निचोर्दा यो जिवनको दु:खान्तको अधुरो कथा यहिबाट शुरु हुन्छ …….

तर मेरो भन्दा पनि अरु कसै कसैका जीवन कथा अझ हृदयवारक देखे । त्यसैले लेख्न चाहेर पनि आफ्नै कथा लाई यहि बिट मारे । अरु कसैको वास्तविक जीवन कथा लाई प्रत्यक्ष नियाल्ने मनसाय ले आधी रातमै बिस्तारा छोड्ने निधो गरे । तर निरन्तर परिरहेको पानीले सवै सपनाहरु रुझाइ दियो । आटेका र सोचेका सवै प्लानहरु चकनाचुर भैदिए । सन्नाटा रात छिचोलेर बलेसिबाट बाहिर निस्किन निष्क्रिय भए !
तर हिम्मत हारिन । समय लाई प्रतीक्षा गरे । जुन दिन देखि
” जीवन काडा कि फुल ” पढे मनमा हजारौ प्रस्नहरु तेर्सिए ! लेखकले लेखेका हरेक हरफले मनलाइ शक्ति दिदै गयो । उजाडिएको कोरा जिवन बिस्तारै रंगिन हुँदै जान लाग्यो । मनले एक शताब्दी पार गरेझै भान भयो । रुखहरुले पात फेरेझै जिवनमा फेरि केही रङ्गिन पालुवाहरु पलाउन थाले । जस्को कारण एक पटक लेखिका –

” झमक कुमारी घिमिरे ” ज्यु लाई भेट्ने ठूलो उत्सुकता जाग्यो ।

भौगोलिक आधारमा निक्कै उतार चढाव भएको भुभाग झै मेरो मन पनि त कहाँ समतल थियो र । लुम्बिनी अन्चल पश्चिम् पाल्पा देखि पुर्व कोशी अन्चल को धनकुटा जाने साहस जुटाए । मन्मा अनेकौ बेदान्तका बेमिशाल स्तम्भ हरु बोकेर माघ २१ गते चिसो बतास सङ्गै काठमाडौ बाट बिराटनगर जाने तैयारी गरेता पनि मौसम खराबका कारण आफ्नो निर्धारित समयमा प्लेन उड्न सकेन । करिव २ घण्टाको पर्खाइ पछि बल्ल यात्रा अगाडि बढ्यो । काठमाडौ बाट पुर्वको यात्रा मेरो जिवनमा पहिलो थियो र उत्साहजनक …

यात्रा निस्चित हुँदै गयो जब बिराटनगर को धरातलमा पाइला टेके । एयरपोर्ट देखि बसपार्क पुग्न एउटा अटो रिक्सा लिनु पर्यो । ५०/५२ बर्षको बुवाले कुरा गर्दै हुनुन्थ्यो कि फागुन को १२ गते गजल प्रतियोगिता छ । रेडियोबाट लाइभ प्रसारण हुदैछ , भाग लिएको छु हेरौ के हुन्छ ? यत्ती सुनेपछी नबोली चुपचाप यात्रा गर्न मनले मानेन र सोधिहाले उहाको परिचय र साहित्यप्रतिको रुचि । १५ मिनेटको बाटोमा सङ्गै जादा धेरै कुरा भए । जस्ले गर्दा बिराटनगरमा पनि साहित्यले छोएको र मैले पछ्याएको महसुस गरे । इटहरी , सुनसरी हुँदै धरान पुगे । पोलेका मकैको सुगन्ध बसपार्क वरिपरि पोखिएको रहेछ । यात्राले थकित भएको हुदा यो समय र सुगन्ध लाई बेवास्ता गरिरहे एउटा धनकुटा जाने माइक्रो बस को अगिल्लो सिटमा बसेर ।

केही साथिहरुको फोन आयो । धरान गएको बेला भेडेटार जानू त्यहा भ्युउ टावर छ घुमेर आउनु । हस नभनी रहन सकिन । धन्यवाद को पात्र बनाइदिए ।

प्रकृतिको सुन्दर दृश्य हरु सङै मनलाइ चङ्गा बनाएर टाढा टाढा सम्म दृस्टिलाइ उडाए । इन्द्रेणी चोक धरान देखि जती माथि जान्छु आफैलाइ आकाशिएको महसूस गर्न थाले । कोशी राजमार्ग को सुन्दर दृश्यहरुलाइ म हृदयमा सजाएर पनि यहाँ शब्दमा सजाउन सकिन । जति लेख्यो उतिनै फिका लाग्नेछ । भेडेटार , कार्कछाप , नमस्ते झर्ना , सिम्सुवा , फलामेटार , घण्टे , फेदि हुँदै ( को १ ज १६८६) नम्बरको माइक्रो बस तमोर नदि पुग्यो । नदिको बहाव सङ्गै दौडिएको चिसो बतास माइक्रोमा ठोकियो । केही बेर ओर्लिएर तमोर नदिको त्यो कलकल बगेको पानी सङ्गै स्पर्श गर्ने मन त थियो तर रातपर्न लागेकोले यो सम्भव पनि त कहाँ थियो र । लावरबोटे , मुलघाट , रुद्रबारि , गुठिटार , हुँदै म धनकुटा पुगे । झमक्क साझ परेको थियो । अब माइक्रो को सिसाबाट बाहिर बलिरहेका बिजुलिका बत्तिबाहेक टाढाका सिनहरु देखिन छाडे । हलुङ्गो र चङ्गा मन फेरि सन्नाटा अन्ध्यारोमा खुम्चिन बाध्य भयो । सल्लेरी बनको चिसो बतास हुइकिएझै माइक्रो धनकुटा बजार लाई पनि छिचोल्दै अगाडि बढ्यो । जति माथि पुग्छु आफैमा सगरमाथा को चुचुरोमा उक्लिएको महसुस गर्न थाले । धनकुटा बजरमा ओर्लिन मनले मानेन आखिर माइक्रो बसको आखिरी गन्तव्य सोधे जुन हिले धनकुटा रहेछ ।

रातको ८ बजिसकेको थियो । हिले धनकुटामा बिजुली हराएको थियो । केही पसलहरु क्याण्डिलको रोशनिमा जगमगाइरहेका थिए । चोक नजिकैको होटेल माउन्टेन मा आश्रय लिने मन बनाए ! तब बिजुली आयो । चोकमा एउटा तुम्बाको शालिक देखे । जुन मेरो लागि निक्कै आकर्षकको बिम्ब बन्यो । पुग्ने बित्तिकै त्यहाका केही स्थानिय ब्यक्तिहरु सङ्ग बसेर झमक ज्यु को बारेमा जानकारी लिए । तर उहालाइ भेट्न करिव ८ किलोमीटर फर्किनु पर्ने भयो । लगातारको यात्राले गर्दा निक्कै थकाइ लागेको थियो । झमक जि लाई आफू हिले धनकुटा पुगेको जानकारी सहित एउटा म्यासेज पठाए । स्कुलडाडा धनकुटा बजार देखि केही दुरिमै रहेको र हजुर त्यो भन्दा निक्कै टाढा पुगेकोले भोलि आउदा अलमल परेमा सम्प्रक नम्बरमा फोन गरेर आउन भनी निमन्त्रणा दिनु भयो । धन्यवाद सङै हामी अनलाइन बाट छुट्टियौ ।

तुम्बा त्यहा को फेमस रहेछ । अत्याधिक चिसोको कारण प्राय त्यहा आउने सबैजसो नै तुम्बाको आनन्द लुट्दा रहेछ्न ।
” तमोर नदीले काटेको बुरबुरे बालुवा जस्तो
टुक्रिएको मन बोकेर धरान हुँदै धनकुटा पुग्नु
मेरोलागी सगरमाथा को चुचुरो चड्नु जत्तिकै
कठिन थियो । यो रात हिले धनकुटामै बित्यो
तुम्बासङ्गै अन्ताक्षरी खेले मन मस्तिष्क खोतलेर
किनकी भोलि बिहान ” झमक ” लाई भेट्नु थियो ”

रात कतिबेला बित्यो पत्तो नै पाइन । नया ठाउँ , उत्साहित मन र सुनौलो बिहानी सङ्गै फेरि म हिले धनकुटा लाई बिदाइ गर्दै थिए । ब्रेक लगाएको बसको कन्डक्टर ले स्कुलडाडा आइपुगेको जानकारी दिए । सुर्य किरणको पहिलो रोशनी सङ्गै म पनि धनकुटाको स्कुलडाडा मा उदाएको थिए । करिव १० मिनेटजती पसलेहरु र केही स्थानिय बासिन्दाहरु सङ्ग बसेर कुरा गरे । करिव १५ मिनेट ओरालो बाटो झरेपछि एउटा निलो रङ्गले पोतेको घर देखा पर्यो । केहिबेर नियाले । बाहिर आङन छेउ पेटिमा घरको आड लिएर कोइ पुर्व फर्किएर घाम तापिरहेको देखे ! गेस गरे पक्कै पनि उहाँ झमक नै हुनुपर्दछ । जति नजिक पुग्दै थिए पाइला रोकिदै थिय । मुटु मा गाठो पर्दै थियो । आवाज रोकिदै थियो । यत्रो हिम्मत जुटाएर यहाँ सम्मको यात्रामा केही भएन तर जब म घरको नजिकै पुगे आफैमा निक्कै भावुक भएछु। गोरो बाटुलो अनुहारमा आमा केही काम गर्दै हुनुन्थ्यो । उहाहरुलाइ म आउने जानकारी झमक ज्यु ले पहिला नै दिई सक्नु भएको रहेछ । म घर पुग्दा झमक जि पनि आफ्नै रुममा हुनुन्थ्यो । केही बेर आमा सङ्ग बोलेर आमा सङ्गै झमक ज्यु को रुम मा प्रवेस गरे । केही बेरमै उहाले एउटा नोटबुकमा खुट्टाको सहाराले पहिलो शब्द लेख्नु भयो
– तपाईं शिव बस्याल होइन र ?
– हो ।
यहि प्रस्नबाट हाम्रो कुरा को शुरुवात थियो । प्रेरणाकी श्रोत , प्रतिभाकी धनी झमक धनकुटाले दिएको सिङ्गो उपहार थियो । जस्का हातहरु छन तर जिवनलाइ दिने कुनै सहारा छैन । खुट्टाहरु छन तर शरीर थेग्न सक्ने कुनै सामर्थ छैन । मुख छ तर जिब्रो फड्कारिएर शब्दहरु निस्किदैनन । घाम पानीको बाहिरी दुनिया भित्र बसेर अनुभव गर्न बाहेक कुनै बिकल्प नै छैन । कति कारुणिक छ उहाको जीवन शैली । सहज कहाँ छ र । प्रकृतिले दिएको सजाय पनि कस्तो कस्तो …..
छाती चिरिएर आउँछ । मुटु चस्किन्छ । तर के गर्नु बिकल्प पनि त कहाँ थियो र । आखिर प्रकृतिलाइ उछिनेर अगाडी जान नसकिने रहेछ । मिहिनेत कि प्रतिमुर्ति झमक ज्यु को बारेमा सबै कुरा थाहा भएता पनि कतिपय कुराहरु अधुरा थिए जुन प्रत्यक्ष देखे । उहाले गरेको लगाव र सफलता देखेर आफैमा एक उर्जाशिल श्वास पलाएर आयो । कति अनुशासित , उच्च बिचार , शान्त स्वभाव कि झमक ज्यु लाई मेरो पहिलो उपन्यास ” बिस्मिता ” को बारेमा पनि धेरै कुरा बताए ! आफुले लेखेको पहिलो पुस्तक लाई प्रत्यक्ष झमक ज्यु को हातमा दिन पाउनु मेरो सौभाग्य थियो । उहाले दिएको सल्लाह सुझाव मेरो लागि महान मार्गदर्सन र आशीर्वाद थियो । साहित्य सम्बन्धि धेरै कुराहरु भए । ब्यक्तिगत देखि सामाजिक र देशप्रेम का कुराहरु भए । आफ्नो परिचय दिए । तर आमा बिनाको म एक्लो छु भन्दा केही बेर सन्नाटा छायो । अगाडी बोल्न सकिन । मुटु भक्कानिएर आयो । अवाक भए । निक्कै याद आयो तर आफुलाइ सम्हाले । करिव ५ घण्टा को बसाइ पछि म फर्किने तैयारी गरे । बस्न निक्कै आग्रह गर्नु भएता पनि मेरो आफ्नै समयको अभाव ले गर्दा बस्न सकिन ।
आमा आशा देवि सङ्ग निक्कै बेर कुरा गरे । बिगतको केही बर्ष देखि यता आमाविना एक्लिएको मनले आफ्नै आमा भेटिएको महसुस गरे । आमाको असेट नै मेटियो । बाबा , भाइ बैनीहरु सङ्ग पनि केही समय कुरा गरेर बिताए । एउटा आफ्नै परिवार सङ्ग भेट भएको अनुभूति लाग्यो । झमक सङ्गको यो पहिलो भेटघाट थियो तर यस्तो लाग्थ्यो कि हामी बर्षौ पहिला देखि नै एक एर्कालाइ चिनेका थियौ । मलाइ नौलो र अपरिचित कत्तीपनि महसुस हुन दिनु भएन । कुरा गदै जादा कत्ती ठाउमा निक्कै भावुक भयछु , रसाएका आँखा गोजिको रुमाल ले हतपत पुसिदिन्थे । लाग्थ्यो कतै झमक जि ले देख्नु भयो भने के सोच्नु होला ।
भारी मन बोकेर मैले झमक ज्यु को रुमबाट आगन नाघे । ओठहरु कापिरहेका थिए । हल्लियो यो मुटु । बलेसिको धुलोमा एकजोडी पैतालाका छाप बनाउदै मेरा पाइलाहरु अगाडि बढे । तमोर नदिको किनारको हावाले हल्लाएका सल्लाका मुनाहरु हल्लिएझै मेरा हातहरु हल्लिए । रसाएका आँखा लुकाउदै म कचिडे गाउमा रहेको झमक को घरबाट अगाडि बढे । परबाट एकपटक पछाडी फर्किएर हेरे त्यो दृश्य आखिरी थियो । किनकी घर छेकिदै थियो । ब्यागबाट डि एस एल आर निकालेर एउटा आखिरी तस्बिर निकाले त्यो झमक को घर मात्र नभएर सिङ्गो कचिडे गाउको थियो । र धनकुटा नगरपालिका को एक हिस्सा थियो । त्यो माया , साहस र जिन्दगिको संघर्ष लाई बुझेर फर्किए । मैले आजसम्म्म बुझ्न नसकेको कुरा तर झमक ज्यु लाइ पनि सोध्न बिर्सिएछु
– ” जीवन काडा कि फुल ” ……?
अनुहारमा मा दिव्य मुस्कान र समुन्द्र झै निस्चल , अटल स्वाभाव कि प्रतिमुर्ती बरिस्ठ साहित्यकार ” झमक कुमारी घिमिरे ” ज्यु सङ्ग छुट्टिदा छुट्टिदै – बुवा कृष्ण बहादुर घिमिरे , आमा आशा देवि घिमिरे , बैनिहरु मिना , मौसमी , अनामिका र भाइ बिपिन लाई पनि मीठो सम्झना यति किम्ती समय लाई पनि करिव ५ घन्टा मलाइ कुरा गर्ने समय र यो मौका दिनु भएकोमा साहित्यकार / डा . झमक कुमारी घिमिरे ज्यु प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ………
शिव बस्याल / २०७५ माघ २२ मंगलवार
प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu