Logo

सम्पुर्ण नारी हरु प्रती समर्पित

सम्पुर्ण नारी हरु प्रती समर्पित गजल

डांडा काडा छहरा लेक मा ,फुल्ने फुल हौ तिमी
हिमाल पहाड नदि नाला, सागर को मुल हौ तिमि

बिहानी को पारिलो किरण जस्तै , न्यानो माया दिने
सुन झै टलक्क टल्किने ,माछापुच्छ्रेको चुल हौ तिमि

माया ममता बिबेक ले भ्याएसम्म ,यी हात समाई
सारा सन्सार लाई तारिदिने ,अजम्बरी पुल हौ तिमी

दियो मुनि अँध्यारो छ ,आफू बलेर उज्यालो छर्छौ
अन्धकार लाई चम्काउने ,सृष्टि को बुल हौ तिमी

दुख कस्ट बाधा अड्चन ,आधी हुरि सबै भुली
मेहेनती परिश्रमी, रानी मौरी को हुल हौ तिमी

सत्य युग देखि आज कलि युग ,सम्म तिम्रै छ चर्चा
असत्य लाई खत्तम पारी ,सत्य को जित गर्ने त्रीसुल हौ तिमि

चन्द्र लामा अनुराग दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu