Logo

दुखद खबर,कोरियामा हृदयघातका कारण एक नेपाली यूवाको मृत्यु !

दक्षिण कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । उदयपुरका भुपाल राईको हिजो बेलुकी साथीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उपचारकाे लागी अस्पतालमा लगिएको थियो ।अस्पताल पुर्याईसके पश्चात लगत्तै अस्पतालले मृत्यु घोषणा गरेको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।

कोरियाको ह्वासाङ्गको एक मोटर पार्टस कम्पनिमा काम गर्दै आएका राई शनिवार बेलुकी कम्पनी सहकर्मीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उत्त घटना भयको थियो । उनी ८ बर्षअघि मात्र भाषा परीक्षा पास गरी कोरिया आएका थिए ।मृतक राईको घटनाको बारेमा नेपालमा बस्नुहुने परिवार तथा कोरियामा हुने आफन्तहरुलाई सुचना गराईसकियको बास्तोलाले जानाकारी दिनुभयो ।साथै मृतक राई विवाहित रहेको र २ जना छोराछोरी पनि रहेको सँगै कामगर्ने सहकर्मीले जनाउनुभयो ।

मृतक को शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको बृस्तित कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो । घटनाको प्रकृति तथा प्रत्यक्षदर्शीका अनुसार घटना हृदयघातको कारण भयको जनाईएको छ ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ ।डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना हृदयघात र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको उहाँले बताउनुभयो । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ५० हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu