Logo

कोरियामा कार्यरत रोज सेरेङ्गको “ए मेरो हजुर ३” इलामेली समाजद्धारा प्रदर्शन गराउने


दिनेश कार्की, कोरिया ।
इलाम स्थित राहसल बाल अनाथालय को भवन निर्माण सहयोगार्थ ए मेरो हजुर ३ कोरियामा प्रर्दशन हुने भएको छ । कोरियामा कार्यरत इलामेली समाज कोरियाले उक्त चलचित्र प्रर्दशन गराउन लागेको हो । कोरियाको राजधानी सिओल स्थित 종로구민회관 दोङ्देमुनमा मे २६ तारिख आइतबारका दिन प्रदर्शन हुने भएको चलचित्रका सहनिर्माता रोज सेरेङ्गले जानकारी दिए, रोज सेरेङ्ग हाल कोरियामै कार्यरत छन् ।
कोरियालाई कर्मथलो बनाउँदै आएका इलामेली युवाहरुले इलामेली समाज कोरिया नामक संस्थामा संगठित भएर कोरिया तथा नेपालमा लामो समय देखि नै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । प्रवासी भूमिमा रहेका आम नेपलाीहरुमा सछभाव,, सहयोग र भाईचारा गर्दै आएको समाजले इलाम स्थित राहसल बाल अनाथलय भवनको निमार्णमा आर्थिक सहयोग गर्नका लागि चलचित्र देखाउन लागिएको समाजका अध्यक्षले जनाए । चलचित्र कोरियाको थोङ्देमुनबाट प्रर्दशन शुरु गरेर कोरियाका विभिन्न सहरहरुमा प्रर्दशन हुने भएको छ । सुनिल थापाको निर्माण तथा कोरियामा कार्यरत रोज सेरेङ्गको सह निर्माण तथा झरना थापाको निर्देशनमा बनेको चलचित्र आगामी चैत्र २९ गते काठमाण्डौं लगायत नेपालभर एकसाथ प्रर्दशन हुने भएको छ । चलचित्रमा नायक अनमोल के.सी. र नायीका सुहाना थापा को मुख्य भूमिका रहेको छ ।
विगतमा पनि संस्थाले विभिन्न अभियान मार्फत सहयोग जुटाई सहयोग गर्दै आएको र यसपटक भने रचनात्मक कार्यक्रम मार्फत श्रोतको पहिचान गरी दिर्घलानि योजनामा हस्तान्तरण गरी आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गरी इलाम तथा नेपाललाई समृद्ध बनाउने संस्थाको दिर्घलानि योजना रहेको समाज सचिव केदार निरौलाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu