Logo

श्रीलंकालाई ४–० ले हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ । विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो ।
सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।
गीता रानाले प्रहार गरेको फ्रीकिकलाई कप्तान निरु थापाले बाइसाइकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।
दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् । त्यसैगरी कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन् । यसैगरी दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।
७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । कप्तान निरु थापालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले पनि राम्रो फुटबल खेलेकी थिइन् । ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् । रेखाको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।
प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu