Logo

कोरियामा स्याङ्जा कप चौथो भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार रु १ लाख ३० हजार

स्याङ्जा परिवारले “चौथो स्याङ्जा कप २०१९” को आयोजना गर्दै । “अनुशासन र स्वास्थ्यको लागी खेल, मनोरन्जनको साथ प्रवासमा नेपाली को मेल ” भन्ने मूल उद्घोषसँगै कोरियामा रहेको अति सक्रिय र गौरवमय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले “चौथो स्याङ्जा कप २०१९” प्रतिस्पर्धात्मक मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्ने भएको छ । कोरियामा भलिवल प्रतियोगिताको लागी साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस सिजन(२०१९)कै पहिलो प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो मे ५ तारिक आईतबारका दिन सउलस्थित 한성대학교, 낙산관 building को तेस्रो तल्ला मा “चौथो स्याङ्जा कप २०१९”को आयोजना गरिने भएको हो

यस प्रतियोगितामा पनि भलिवल संघको नियमानुसार पुरस्कार प्रथम र द्वितीय ले कप, सम्मान पत्र सहित क्रमशः १३ लाख वोन र १० लाख वोन त्यसै गरि दुई सेमीफाइनलिष्ट टिमले प्रति टिम ३ लाख पचास हजार वोनका दरले पुरस्कार हात पार्नेछन साथै खेलको आधारमा एक जना उत्कृष्ट खेलाडीलाई कप, नगद र सम्मान पत्रले सम्मान गरिने स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रिय सचिव भक्त थापा ले जानकारी गराए । उक्त भलिवल प्रतियोगिता सभ्य र भव्य रुपमा सफल बनाउन आर्थिक, नैतिक ,भौतिक सबैखाले सहयोग गर्नुहुन कोरिया स्थित सम्पूर्ण संघ संस्थाहरु,व्यापारी, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी तथा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी वहिनी हरुलाई स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरूङले हार्दिक अनुरोध गरेका छन ।साथै भलिबल खेल प्रेमी सम्पूर्ण नेपाली दिदी वहिनी तथा दाजु भाई हरू मा हार्दिक निमन्त्रणा गर्नु भएको छ। उक्त प्रतियोगिताको लागी कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु लाई पत्राचार गरिसकिएको कुनै कारण पत्र प्राप्त नभएमा यसै सूचना को आधारमा सहभागिता जनाउन सक्नु हुनेछ,उक्त प्रतियोगिता को लागी टिम दर्ता तथा टाईसिट(Tie-sheet) निर्माण र सार्वजनिक अप्रिल २८ तारीख गरिने छ। उक्त दिन भलिबल खेल मा मनोरन्जन लिनुको साथमा स्वादिष्ट नेपाली परिकारका खाना संगै अन्य सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुति मा रमाऊन सक्नु हुनेछ। कार्यक्रम हुने मिति, स्थान र समय : मिति : २०१९ मे ५ तारिक आईतबार । समय : बिहान ठीक ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म । स्थान : Hansung university ( 한성대학교)낙산 관 building’s 3rd floor. जाने तरिका:- सव-वे ४नं लाइन को 한성대입구 역(hansung university) यक को ३नं गेट बाट सिधै अगाडि ५/६मिनेटमा पुग्न सकिन्छ, अथवा दोङदेमून बाट taxi मा ७/८ मिनेट लाग्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu