Logo

बिमारीलाई भेट्न जाने, तर कसरी ? किन ?

डा. बालकृष्ण साह
तपाईं रोगले च्यापेर अस्पतालमा बस्नुभएको छ भने यहाँ मैले साझेदार गर्न लागेको अनुभव तपाईंको पनि भोगाई मिल्न सक्छ ।
जब रोगले थलिएर अस्पतालको बेडमा पुगिन्छ । आफन्त, चिनेजानेका, शुभचिन्तक भेट्न आउँछन् । सुन्दा अपि्रय लाग्छ । तर, यसरी भेट्न आउनेहरु सबैले आफुप्रति शुभेच्छा राख्दै आएका भने हुँदैनन् । कोही मन राखिदिन आउँछन्, कोही बाध्यताले आउँछन्, कोही पालाको पैंचो तिर्न आउँछन् ।
आउनेजति सबैले सोध्छन्, ‘अहिले कस्तो छ ?’
जवाफ फर्काउनै पर्‍यो, ‘ठिकै छ ।’ त्यसपछि उनीहरुले केही प्रश्न सोध्छन् र साहनुभूतिका केही शब्द ओकल्छन् । अस्पतालको बेडमा थलिएर सुतेको बेला भेट्न आउने सबैले आफ्नो अन्र्तवार्ता लिन्छन् ।
एउटा घटना
अस्पतालको एउटा घटना मैले विर्षेको छैन । एक जना रिटायर (पेन्सन) पाएका कर्मचारी, क्यान्सर रोगले पीडित थिए । हुनत उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भईरहेको थियो । तर स्थानिय भएको तथा रोगले आकस्मिक रुपमा दुख दिए पछि मेची अञ्चल अस्पताल आउन बाध्य हुन्थ्यो ।
एक पटक खोकी तथा दमले च्यापे पछि जजिकैको अस्पतालमा भर्ना हुनु पर्‍यो । स्थानिय मानिस, क्यान्सरका पिडित, अनि रिटायर कर्मचारी । भेट्ने मानिसको ताँती हुने स्वाभाविकै नै थियो । डाक्टर र नर्सले परिक्षण गर्नै वेलामा पनि मानिसको घुँइचो नै हुन्थ्यो ।
एउटा सानो क्याविनमा १०-१५ जना स्वस्थ मानिस बस्यो भने त स्वास फर्ने गाह्रो हुन्छ भने दमका विरामीलाई झन गार्‍हो हुनु स्वभाविक हो ।
भेट्न आएको मासिनसँग दुई शब्द बोल्नै पर्‍यो । सबैले सोध्ने एउटैप्रश्न हो, ‘अहिले कस्तो छ ?’
अवस्था जस्तोसुकै भएपनि रेडिमेड जवाफ फर्काउनै पर्‍यो, ‘अँ अहिले अलिक राम्रो भएको छ’ ।
अफिसका साथिभाइसँग अफिसका कुरा, गाउँका साथिभाइसँग गाउँकै कुरा, आफन्तहरुसँग छोराछोरीका कुरा अनि डाक्टर र नर्ससँग रोगका कुरा, आराम गर्ने कुन बेला ? तर यो कुरा सोची दिने कसले ? डाक्टर गएको वेला उनको मानिसलाई सम्झाई बुझाई गर्‍यो तर समस्या सुल्झिन । अन्तमा विरामीकै हितको लागि टाढाको अस्पतालमा पठाउनै पर्‍यो । जहाँ गाउँभरीका मानिस तथा धेरै जना साथिभाई पुग्न सक्दैन थियो ।
मर्दाको मलामी, पर्दाको सहयोगी
हो विरामीले भेट्न चाहना सबैलाई हुन्छ । आˆनो मानिसलाई काम परेको वेला सहयोग गर्ने पर्छ । आˆनो मान्छेलाई मात्र होइन, जोकोही पनि विरामी भएको वेला सहयोग गर्नु मानविय कर्तव्य हो । तर विरामीले भेट्न जादैमा, सँगै बस्दैमा विरामीको साँचो सेवा गरेको नहुन सक्छ । विरामीसँग एक जना मानिस हमेसा हुनु पर्छ । यसवाहेक घर परिवार इष्टमित्र साथिभाईले आएर बेला बेलामा भेट्नु पनि पर्छ ।
यसले विरामीको आत्मबल बढाउँछ । लामो समय सम्म भर्ना गरिएको अवस्थामा बिरामीको कुरुवा (बिमारीसँग बस्ने मानिस) ले पालो फेर्नु पर्छ । लामो समय सम्म बिमारीको लागि ओहर-दोहर गर्दा करुवा थकित हुने तथा आफै बिमारी पर्न सक्छ । त्यसैले सकिन्छ भने पालो फेरेको राम्रो हो । तर, पालो फेर्दा नया बन्ने कुरुवालाई बिमारीको अवस्था, उनलाई दिएको निर्देशनहरु तथा गर्नु पर्ने र गर्न बाकि रहेका कामहरुको पुर्ण जानकारी दिनु पर्छ ।
एकै जना कुरुवा छ भने आफ्नो सुत्ने तथा आराम गर्ने समय निकाल्नु पर्छ । बिरामीका चाहना, आवश्यक्ताहरु र हेरचाह हरेक समयमा चाहिने हुन्छ । तर कुनै पनि अस्पतालमा बिरामीसंग चौबिसै घण्टा डाक्टर वा नर्स रहन सक्दैन, न त हरेक बिमारीसँग एक जना डाक्टर वा नर्स नै राख्न सक्छन् ।
कुरुवा बिरामीसँग चौबिसै घण्टा हुने र हरेक बिरामीको आफ्नै कुरुवा रहने भएकोले, यसले बिरामीको हेरचारमा प्रमुख भुमिका निभाउने हुन्छ ।
तर अनावश्यक रुपमा धेरै जना कुरुवा बसिदिदा बिरामीलाई आराम नपुग्ने, एक अर्काको भरमा बिरामीको स्यहार राम्रो नहुने हुन सक्छ । धेरै कुरुवाले आफुसँग अन्य बिभिन्न रोगका जिवाणुहरु पनि ल्याउने गरेको हुन सक्छ, जसले गर्दा कमजोर अवस्थामा रहेको बिमारीलाई अन्य संक्रमण पनि गराउन सक्छ । धेरै जना कुरुवाहरु भएको अवस्थामा डाक्टर तथा नर्सहरुलाई पनि काम गर्न अप्ठयारो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu